पुतलीबजार नगरपालिकामा मिनि डिजिटल माटो परिक्षण प्रयोगशाला स्थापना
काठमाडौं, वैशाख १५ : पुतलीबजार नगरपालिका स्याङ्जा र यूएनडिपिको आर्थिक तथा प्राविधिक सहयोग तथा सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित कोभिड–१९ उद्दार तथा सामाजिक आर्थिक प्रतिकार्य पहल कार्यक्रम अन्तरगत पुतलीबजार नगरपालिकामा मिनि डिजिटल माटो परिक्षण प्रयोगशाला स्थापना गरिएको छ ।
पुतलीबजारका किसानहरूको सेवाका लागि र माटो परिक्षण गरि खेतिबालिको प्रबर्द्धन गर्न प्रयोगशालाको स्थापना गरिएको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए ।
माटोमा रहेको अम्लिय तथा क्षारियपन, खाद्य तत्वहरू जस्तै नाईट्रोजन, फोस्फोरस, पोटास लगायत १४ प्रकारका तत्वहरूको परिक्षण गरि आवश्यक सिफारिस गरिने कार्यक्रम संयोजक पुजा अर्यालले बताईन् ।
हरेक टोलमा नर्सरी, ब्यवसायिक तरकारी तथा बाख्रा पालन, ईविकका माध्यमबाट उद्यमी सृजना गर्ने, लगायतका विविध कार्यक्रम यश परियोजना अन्तरगत रहेको क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।