Kathmandu Press

सशस्त्र प्रहरी महानिरीक्षक केसीद्वारा पदोन्नति भएकालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, वैशाख १५ : सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहबीच सशस्त्र प्रहरी...
सशस्त्र प्रहरी महानिरीक्षक केसीद्वारा पदोन्नति भएकालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, वैशाख १५ : सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहबीच सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ७२ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायव उपरीक्षकलाई बधाई तथा कार्य सफलताको शुभकामना दिँदै संगठनमा रहेर उनीहरूले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्यांकन स्वरूप पदोन्नति प्राप्त भएको बताए।

Hardik ivf

उनले दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढी क्रियाशील भई कार्यसम्पादनमा जुट्न निर्देशन दिँदै कमान्डर तहका अधिकृतहरूले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सही मार्ग निर्देशन दिँदै कार्यक्षेत्रमा खटिन अभिप्रेरित गर्नुपर्ने बताए।

महानिरीक्षक केसीले पदोन्नति वृत्तिविकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रहरूमा परिचालन हुँदा अझै बढी अनुशासित, लगनशील र ईमानदारितापूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध भई क्रियाशील रहन निर्देशन दिए।

नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको वैशाख १५ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहका ८७ जना, साधारण समूह लेखा उपसमूहका १० जना, साधारण समूह कानुन उप–समूहका २ जना र प्राविधिक समूह स्वास्थ्यतर्फ ६ जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका हुन्।

प्रकाशित मिति: १९:५१ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्