त्रि.वि. ले दियो एक महिने बिदा
काठमाडौं, वैशाख १५ : त्रिभुवन विश्वविद्यालयले यही वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म करिब १ महिना विदा दिने निर्णय गरेको छ ।यो...
काठमाडौं, वैशाख १५ : त्रिभुवन विश्वविद्यालयले यही वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म करिब १ महिना विदा दिने निर्णय गरेको छ ।
यो विदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने जनाइएको छ ।
त्रिविले एक सूचना प्रकाशन गरेर बैशाख १४ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले चालू शैक्षिक सत्रको वर्षे विदाको रुपमा १ महिना विदा दिइने उल्लेख छ ।
तर परीक्षा चलिरहेको भए परीक्षा यथावत रुपमा नै सञ्चालन हुने सूचनामा जनाइएको छ ।
प्रकाशित मिति: १९:३८ बजे, बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












