Kathmandu Press

हुम्लामा मतपत्र आइपुग्यो

सिमकाेट, बैशाख १५ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री आज जिल्लामा आइपुगेको छ। दुई दिन लगाएर...
हुम्लामा मतपत्र आइपुग्यो
Hardik ivf

सिमकाेट, बैशाख १५ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री आज जिल्लामा आइपुगेको छ। दुई दिन लगाएर नेपालगञ्जबाट ३८ हजार मतपत्रलगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामग्री जिल्लामा आइपुगेको जनाइएको छ। मतपेटीकासमेत जिल्लामा पुगेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ।

जिल्लामा मतपत्रलगायतका सामग्री पुगेसँगै केही दिनमा सुरक्षित साथ आवश्यक स्थानमा पठाइने भएको छ। ५४ मतदान केन्द्रका लागि उक्त सामग्री जिल्लामा पुगेको हो। जिल्लाको सातवटै गाउँपालिकाको मतदाता सङ्ख्या ३२ हजार ५८१ रहेको छ। महिला १५ हजार ६०७ र पुरुष १६ हजार ९७४ रहेको जनाइएको छ।

प्रकाशित मिति: १९:२७ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्