Kathmandu Press

हुम्लामा म्यादी प्रहरी मृत फेला

सिमकाेट, बैशाख १५ : हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरी मृत अवस्थामा फेला परेका छन्।सर्केगाड गाउँपालिका-६ घर भएका अन्दाजी ४५ वर्षीय जसबहादुर...
हुम्लामा म्यादी प्रहरी मृत फेला

सिमकाेट, बैशाख १५ : हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरी मृत अवस्थामा फेला परेका छन्।
सर्केगाड गाउँपालिका-६ घर भएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकाया सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा मृत अवस्थामा भेटिएका हुन।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार साथीको कोठामा झ्याल ढोका बन्द गरेर भुइँमा मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हाे।

घटनाबारे प्रहरीले अनुसन्धान थालिरहेकाे जनाएकाे छ।

प्रकाशित मिति: १९:२० बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्