Kathmandu Press

अदालतबाट जरिवना ठहर भएर फरार रहेका व्यक्ति पक्राउ

अदालतबाट जरिवना ठहर भएर फरार रहेका व्यक्ति पक्राउ
Hardik ivf

काठमाडाैं, बैशाख १५ : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २३ लाख ६५ हजार ४३४ रूपैयाँ जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ फागुन १६ र १७ गतेको फैसलाअनुसार १२ दिन कैद सजाय र बिगो बमोजिम २३ लाख ६५ हजार ४३४ रूपैयाँ जरिवना तोकेपछि फरार रहेका बर्दिया घर भई नयाँ बानेश्वर बस्दै आएका ३४ वर्षीय दिनेशभक्त वलीलाई आज पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैंकिङ कसुरजन्य अपराध गरेकाले वलीलाई आज ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका वलीले आफ्नो प्रभु बैंक लिमिटेड कोटेश्वर शाखा र एसबिआई बैंक लिमिटेड नयाँ बानेश्वर शाखाको पैसा नभएको चेक दिएर बैकिङ कसुरजन्य अपराध गरेका थिए। उनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए।

प्रकाशित मिति: १८:३८ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्