Kathmandu Press

हाइटीमा झडपपछि २० जनाको मृत्यु, हजारौं विस्थापित

मस्को, वैशाख १५ : हाइटीको राजधानी शहर पोर्ट-ओ-प्रिन्समा भएको दंगा भिडन्तमा कम्तीमा २० व्यक्तिको मृत्यु र हजारौं विस्थापित भएको हाइटीको नागरिक सुरक्षा निकायले बिहीबार...
हाइटीमा झडपपछि २० जनाको मृत्यु, हजारौं विस्थापित

मस्को, वैशाख १५ : हाइटीको राजधानी शहर पोर्ट-ओ-प्रिन्समा भएको दंगा भिडन्तमा कम्तीमा २० व्यक्तिको मृत्यु र हजारौं विस्थापित भएको हाइटीको नागरिक सुरक्षा निकायले बिहीबार जनाएको छ।

मावोजो र चेन मेकानका गिरोहहरूबीचको शक्तिशाली झडपले जनसङ्ख्यामा त्रास पैदा गरेको छ। परिणामस्वरूप साना बच्चाहरू भएका परिवारहरूसहित हजारौं मानिसहरू विस्थापित भएका छन्।

Hardik ivf

भर्खरैका प्राप्त रिपोर्टहरूअनुसार अप्रिल २४-२६ सम्म कम्तिमा २० सर्वसाधारण मारिएका छन्। विज्ञप्तिमा झण्डै १० घर जलेको र क्षेत्रीय उद्यम, पसल र विद्यालयले आफ्नो सञ्चालन बन्द गरेको उल्लेख गरेको छ।

यसैबीच आगामी दिनमा झडपलाई चर्काउने चेतावनी दिइएको छ। अक्टोबर २०२१ मा १७ इसाई मिसनरीहरू १६ अमेरिकी नागरिक र एक क्यानाडाली, पाँच बच्चाहरूसहित पोर्ट-ओ-प्रिन्स बाहिर अनाथालयको यात्राको क्रममा अपहरण र बन्धक बनाइएको छ।

मिसनरीहरूलाई ४०० मावोजो नामक कुख्यात सशस्त्र गिरोहले अपहरण गरेको छ।

प्रकाशित मिति: १८:१० बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्