Kathmandu Press

इथियोपियामा भएको जातीय दंगामा २० जनाको मृत्यु

आदिस अबाबा, वैशाख १५ : इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन्।इथियोपियाको उत्तरी...
इथियोपियामा भएको जातीय दंगामा २० जनाको मृत्यु

आदिस अबाबा, वैशाख १५ : इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दंगामा परेर ती नागरिकको ज्यान गएको हो।

अमहरा प्रान्तको इस्लामिक एफियर्स् काउन्सिलले दिएको जानकारीअनुसार सो क्षेत्रमा बुधबार भएको जातीय दंगामा कम्तीमा पनि २० जनाको हत्या भएको हो।

यहाँको एक चिहानका विषयलाई लिएर विभिन्न धार्मिक र जातीय समूहका बीचमा विगतदेखि नै विवाद रही आएको र पछिल्लो पटक सो जातीय दंगामा परेर २० जना व्यक्तिको ज्यान गएको हो।

सो विवादपछि यहाँको एक जातीका मानिसहरु  आएर अर्का जातिको समूहका मानिसको आम हत्या नै गरेका बताइएको छ। सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको र मारिएको समूहका मानिसरुलाई उद्धारका लागि प्रयास गरिएको बताइएको छ।

उक्त क्षेत्रमा विगतदेखि नै जातीय दंगा हुने गरेकाले थप सुरक्षा सतर्कता अपनाइएको भए पनि बुधबार यो आमहत्या भएको अधिकारीहरुले जनाएका छन्। 

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, वैशाख १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्