क्वाड नेताहरुको शिखर सम्मेलन मे २४ मा टाेकियाेमा हुने

टोकियो, वैशाख १५ : चतुर्भुज सुरक्षा संवाद (क्वाड) राष्ट्रहरू अमेरिका, अष्ट्रेलिया, जापान र भारतका नेताहरूको शिखर सम्मेलन मे २४ मा टोकियोमा हुँदैछ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २२-२४ मा जापानको भ्रमण गर्नेछन्। सोही सन्दर्भमा उनले मे २३ मा जापानी प्रधानमन्त्री फुमियाे किसिदालाई भेट्नेछन् र क्वाड राष्ट्रका नेताहरूको शिखर सम्मेलनमा भाग लिनेछन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २०-२४ मा दक्षिण कोरिया र जापानको भ्रमण गर्नेछन्, जसले अमेरिका र दुई राष्ट्रहरू बीचको सहयोगलाई बढावा दिने ह्वाइट हाउसले बुधबार घोषणा गरेको छ।
टोकियोमा बाइडेनले अष्ट्रेलिया, जापान, भारत र संयुक्त राज्य अमेरिकाका क्वाड समूहका नेताहरूसँग पनि भेट गर्नुहुनेछ। 'हामी यस भ्रमणको बारेमा छिट्टै थप विवरणहरू सार्वजनिक गर्ने छौं,' ह्वाइट हाउसले भन्यो।
प्रकाशित मिति: १४:४३ बजे, बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












