Kathmandu Press

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस युक्रेनमा

किभ, वैशाख १५ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन आइपुगेका छन्। उनले सो कुरा ट्वीट गरेर जनाएका छन्। उनले ट्वीटमा भनेका छन्- म रुसको...
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस युक्रेनमा

किभ, वैशाख १५ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन आइपुगेका छन्। उनले सो कुरा ट्वीट गरेर जनाएका छन्। उनले ट्वीटमा भनेका छन्- म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु।

बुधबार ट्वीट गरेर उनले सो कुरा जानकारी दिनुभएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। उनले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाबारे जानकारी लिनुहुनेछ।

राष्ट्रसंघीय महासचिव गुटेरसले युक्रेनमा रहँदा यहाँका द्वन्द्वग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताएका छन्। उनले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि ट्विटमा बताएको छन्।

महासचिव गुटेरस हालै मात्र रुसको भ्रमणमा जानुभएको थियो। त्यस भ्रमणका क्रममा उनले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताएका थिए। 
 

प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, वैशाख १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्