Kathmandu Press

बेइजिङमा वर्षा र हिमपात

बेइजिङमा वर्षा र हिमपात

बेइजिङ, बैशाख १४ : चीनको संघीय राजधानी बेइजिङमा वर्षा र हिमपात भएको छ।

वर्षा र हिमपातका कारण तापक्रम पनि घटेर १३ डिग्री सेल्सियसमा झरेको अधिकारीहरूले जानकारी दिएका छन्।

हिमपात विषेश गरेर पहाडी क्षेत्रमा धेरै परेको छ। राजधानीको उत्तरी क्षेत्रबाट चियो वायु चलेको पनि मौसम विज्ञान विभागका अधिकारीहरूले जनाएका छन्।  

बुधबार राती पनि वर्षा हुने र बिहीबार र शुक्रबारदेखि तापक्रम विस्तारै फेरि बढ्दै जाने उनीहरूले अनुमान गरेका छन्।

प्रकाशित मिति: २०:४८ बजे, बुधबार, वैशाख १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्