Kathmandu Press

अमेरिकाकी उपराष्ट्रपति ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित

वासिङ्टन, बैशाख १४ : अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन।शङ्का लागेपछि मङ्गलबार कोरोना परीक्षण गरिएकोमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले...
अमेरिकाकी उपराष्ट्रपति ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित

वासिङ्टन, बैशाख १४ : अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन।

शङ्का लागेपछि मङ्गलबार कोरोना परीक्षण गरिएकोमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

Hardik ivf

'उहाँलाई कुनै ठोस लक्षण देखिएको छैन भने कुनै स्वास्थ्य समस्या पनि भएको छैन, तर आइसोलेसनमा भने बस्नु भएको छ,' उनका प्रवक्ताले भनेका छन्।  

प्रवक्ताले जारी गरेको वक्तव्यमा उपराष्ट्रपति ह्यारिसले निवासमै आइसोलेसनमा बसेपनि भित्रै बसेर गर्न मिल्ने कतिपय कामहरू भने निरन्तर गरिरहेकाे उल्लेख गरिएको छ।

उनी राष्ट्रपति जो वाइडेन तथा प्रथम महिलासँग भौतिक निकटतामा भने नरहेको पनि प्रवक्ताले जानकारी दिएका छन।

अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी निर्देशिकाको ५७ वर्षीया उपराष्ट्रपति ह्यारिसले पूर्ण पालना गरेकाे र नियमित स्वास्थ्य परीक्षण पनि गराइरहेकाे उनको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १९:५० बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्