Kathmandu Press

पाँच पालिका प्रमुखमा दोहोर्‍याएर मनोनयन

स्याङ्जा, वैशाख १४ : आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाका एघार पालिकामध्ये पाँच पालिकाको प्रमुख÷अध्यक्षमा पाँच पुरानै अनुहारले मनोनयन दर्ता गरेका छन्। पाँच नगरपालिका र...
पाँच पालिका प्रमुखमा दोहोर्‍याएर मनोनयन

स्याङ्जा, वैशाख १४ : आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाका एघार पालिकामध्ये पाँच पालिकाको प्रमुख÷अध्यक्षमा पाँच पुरानै अनुहारले मनोनयन दर्ता गरेका छन्। पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका वालिङ, पुतलीबजार नगरपालिका तथा फेदीखोला, कालीगण्डकी, हरिनास गाउँपालिकाको प्रमुखमा पुरानै उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

वालिङ नगरपालिकाको प्रमुखमा दिलीपप्रताप खाँण, पुतलीबजार नगर प्रमुखमा सीमाकुमारी क्षेत्री, फेदीखोलाको अध्यक्षमा घनश्याम सुवेदी, कालीगण्डकीको अध्यक्षमा खिमबहादुर थापा, हरिनासको अध्यक्षमा खिमनारायण मानन्धरले पदबाट राजीनामा दिएर सोही पदमा पुनः मनोनयन दर्ता गरेका हुन्। 

Hardik ivf

खाँण नेपाली कांग्रेसबाट यसअघि विजयी हुनुभएको थियो भने क्षेत्री, सुवेदी, थापा, मानन्धर यसअघिको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए । त्यस्तै उपप्रमुख÷उपाध्यक्षमा पुतलीबजार नगरपालिकामा महेश पुरी, गल्याङ नगरपालिकामा देवीसरा थापा, कालीगण्डकी गाउँपालिकामा सावित्रा कोइरालाले सोही पदमा मनोनयन दर्ता गरेका हुन्। 

सोही पदमा दोहोरिनका लागि उम्मेदवारी दिने पुरी, थापा, कोइराला यसअघिको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए । अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष चीनमाया गुरुङ भने यसपटकको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेले उनलाई गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएको हो। 

यसअघिको निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले र उपाध्यक्ष नेकपा एमालेले जितेको थियो । अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मात्रै नेपाली कांग्रेस र नेकपा एमालेका एक÷एकजना प्रतिनिधि निर्वाचित भएका थिए भने अन्य दश वटा पालिकामध्ये सात वटामा नेकपा एमाले र तीनवटामा नेपाली कांग्रेस विजयी भएको थियो। 

प्रकाशित मिति: १७:१२ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्