Kathmandu Press

कराँची आक्रमणको राष्ट्रसंघीय महासचिवद्वारा निन्दा

कराँची आक्रमणको राष्ट्रसंघीय महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, वैशाख १४ : संयुक्त राष्ट्रसंघका महासचिवले पाकिस्तानको कराँचीमा भएको हत्याकाण्डको निन्दा गरेका छन्।

पाकिस्तानको कराँचीमा अवस्थित कराँची विश्वविद्यालयमा मंगलबार दिउँसो हिंसात्मक हमला भएको थियो। सो आक्रमणमा परी कैयौँ व्यक्तिको ज्यान गएको थियो।

Hardik ivf

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले सो हमलाको निन्दा गर्दै यस्ता जघन्य अपराधमा संलग्न भएकाहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताएका हुन्।

हकले मंगलबार नै जारी गर्नुभएको विज्ञप्तिमा विश्वविद्यालयजस्तो पवित्र स्थानमा हमला गर्नु तथा निर्दोष नागरिकको ज्यान लिनु मानवीय अपराध भएको बताएका छन्।

शिक्षण संस्था एवं शिक्षकहरुलाई यसरी हमला गर्नु भनेको मानवीय अपराध बाहेक अरु केही नभएको भन्दै यस्ता अपराधमा संलग्न भएका व्यक्तिको खोजी गरी तिनीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्नेमा महासचिव गटर्रेसले जोड दिनुभएको उनका उपप्रवक्ता हकले विज्ञप्तिमार्फत जानकारी गराएका हुन्।

पाकिस्तानमा पछिल्लो समयमा विद्यालय एवं शिक्षालयहरुमा हमला हुने गरेकोप्रति दुःख व्यक्त गर्दै पाकिस्तान सरकारलाई हिंसा हुन नदिनेतर्फ सचेत र सजग रहन पनि उनले सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्