Kathmandu Press

'सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर'

संयुक्त राष्ट्रसंघ, वैशाख १४ : सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र...
'सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर'

संयुक्त राष्ट्रसंघ, वैशाख १४ : सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन्। 
 
यहाँ पछिल्ला वर्षहरुमा आर्थिक अवस्था कमजोर हुँदै गएको र यही आर्थिक संकटकै समयमा राजनीतिक तथा अन्य अवस्था पनि नाजुक भएको उनको भनाइ छ।

Hardik ivf

मानवीय सहयातासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका उपप्रमुख जोसे मुस्याले सो कुरा बताउनुभएको हो। यहाँ सन् २०११ बाट सुरु भएको भनिएको आन्दोलनपछि देश गृहयुद्धमा फसेको छ। 
 
सो समयदेखि नै यहाँ आर्थिक संकट निम्तिएको भन्दै यहाँका अधिकारीहरुले अहिले देशको अवस्था नाजुक भएको बताइरहेका छन्।

संयुक्त राष्ट्रसंघले अहिले पनि दशौँ लाख सिरियाली खानाकै लागि संघषर् गर्नु परिरहेको, खाद्यान्न औषधिजस्ता आधारभूत आवश्यकताहरुको पनि चरम अभाव रहेको तथा राजनीतिक संकट झन् गहिरिँदै जादा यहाँका नागरिक देश छोडेर भाग्नु परेको अवस्था रहेको राष्ट्रसंघले बताएको छ।

प्रकाशित मिति: १३:२३ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्