Kathmandu Press

चीनमा १८०० भन्दा बढी संक्रमित, सांघाईमा धेरै

बेइजिङ, वैशाख १४ : चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ।चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन्।...
चीनमा १८०० भन्दा बढी संक्रमित, सांघाईमा धेरै

बेइजिङ, वैशाख १४ : चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ।

चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन्। चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन्।

गएको २४ घन्टामा अर्थात् मंगलबार मात्र चीनभित्रै संक्रमित भएका नागरिकको संख्या १ हजार ८१८ जना पुगेको छ। यी मध्ये चीनको सांघाइ सहरमा मात्र १ हजार ६०६ जना रहेका बताइएको छ।

चीनको सांघाइ सहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ।

यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् र ती मध्ये अधिकांश चीनभित्रै संक्रमणमा परेका हुन् । 

प्रकाशित मिति: १३:१७ बजे, बुधबार, वैशाख १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्