Kathmandu Press

डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित

कोपेनहेगन, बैशाख १३ : डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित गरिएको छ।  गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले...
डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित

कोपेनहेगन, बैशाख १३ : डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित गरिएको छ।  

गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो।

कोरोना भाइरसको महामारी कम हुँदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागू गर्नु नपर्ने ठहर गरेको हो।

स्वास्थ्य मन्त्रालयले खोप गराएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको र 'अवस्था राम्रो' रहेकाले खोप अभियान स्थगित गरिएको जनाएको छ।

डेनमार्कका ८१ प्रतिशतले कोरोना भाइरस विरुद्धको दुवै खोप लगाएका छन्। त्यसैगरी ६१.६ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन्।

प्रकाशित मिति: २०:४८ बजे, मंगलबार, वैशाख १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्