Kathmandu Press

पाकिस्तानको कराँचीमा विस्फोट, चारको मृत्यु, कैयौँ घाइते

काठमाडौं, वैशाख १३ : पाकिस्तानको कराँचीमा भएको विस्फोटनमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।घटनामा परी अरु कैयौँ घाइते पनि भएको सरकारी...
पाकिस्तानको कराँचीमा विस्फोट, चारको मृत्यु, कैयौँ घाइते

काठमाडौं, वैशाख १३ : पाकिस्तानको कराँचीमा भएको विस्फोटनमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।

घटनामा परी अरु कैयौँ घाइते पनि भएको सरकारी अधिकारीहरूले मङ्गलबार पत्रकारहरूलाई जानकारी दिएका छन् । कराँचीमा रहेको एउटा विश्वविद्यालयको छेउमा रहेको पार्किङमा विस्फोट भएको उनीहरूले जनाएका छन् ।

Hardik ivf

विस्फोटपछि सानो आगलागी भएको थियो । विस्फोटन कसले गराएको हो भन्ने बारेमा अहिलेसम्म स्पष्ट हुन नसकेको र खोजी तथा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा परी घाइते भएकाहरूलाई स्थानीय विभिन्न अस्पतालमा लगेर उपचार गरिएको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति: २०:१४ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्