Kathmandu Press

नुवाकाेटकाे दुई वटा वडामा दलित महिलामा उम्मेदवारी नै परेन

नुवाकाेट, बैशाख १३ : जिल्लाको दुई वटा वडामा स्थानीय तह निर्वाचनको लागि हिजो भएको मनोनयनमा दलित महिलामा उम्मेदवारी नै दर्ता नभएको पाइएको छ।दुप्चेश्वर...
नुवाकाेटकाे दुई वटा वडामा दलित महिलामा उम्मेदवारी नै परेन

नुवाकाेट, बैशाख १३ : जिल्लाको दुई वटा वडामा स्थानीय तह निर्वाचनको लागि हिजो भएको मनोनयनमा दलित महिलामा उम्मेदवारी नै दर्ता नभएको पाइएको छ।

दुप्चेश्वर गाउँपालिका–१ र तारकेश्वर गाउँपालिका–६ मा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विभिन्न पार्टीले उम्मेदवारी दर्ता गराए पनि दुप्चेश्वर–१ मा दलित महिला पदमा उम्मेदवारी नपरेको दुप्चेश्वर गाउँपालिका निर्वाचन अधिकृत केशरबहादुर पण्डितले जानकारी दिए। दुवै वडामा दलितको घर नै नभएका कारण कुनै पनि दलले उम्मेदवार पाउन नसकेको कारण खाली हुन पुगेको हो।

Hardik ivf

यसैबीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नुवाकोटका १२ वटा स्थानीय तहमा दुई हजार २४ ले उम्मेदवारी दिएका छन्।

आइतबार र सोमबार भएको मनोनयनमा जिल्लाका १२ स्थानीय तह र ८८ वटा वडाका लागि विभिन्न राजनीतिक दलहरुका तर्फबाट उम्मदेवारी दर्ता भएको छ। प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, वडाका अध्यक्ष र सदस्य गरी ४६४ पदको लागि उम्मेदवारी परेको हो।

निर्वाचन अधिकृतहरुले दिएको जानकारीअनुसार स्थानीय तह २० जना अध्यक्षमा ७० जना, १५ जना उपाध्यक्षमा ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वडाध्यक्षमा ४७० जना, महिला सदस्य ३६७ जना, दलित महिला सदस्य ३०८ जना सदस्य ७१९ जनाले उम्मदेवारी दर्ता गराएका छन्।

प्रकाशित मिति: १९:४९ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्