Kathmandu Press

दोलखामा एक हजार ४२३ जनाद्वारा मनोनयन दर्ता

दोलखामा एक हजार ४२३ जनाद्वारा मनोनयन दर्ता

चरिकाेट, बैशाख १३ : आसन्न स्थानीय तह निर्वाचनका लागि दोलखामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी एक हजार ४२३ जनाले मनोनयन दर्ता गराएका छन्।

जिल्लास्थित नौवटा स्थानीय तहमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रबाट मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सात पालिका र दुई नगरपालिकामा सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी प्रमुख/अध्यक्ष पदका लागि ७७ जना र उपप्रमुख/उपाध्यक्षका लागि ४० जनाले मनोनयन दर्ता गराएका छन्।

Hardik ivf

यसैगरी जिल्लाभर ७४ वडाध्यक्षका लागि ३७७ जनाको उम्मेदवारी परेको छ । सदस्यका लागि ४९०, महिला सदस्यमा २३० र दलित महिला सदस्यमा २०९ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा बढी गौरीशङ्कर गाउँपालिकामा १८३ जनाले  मनोनयन दर्ता गराएका छन् ।  

यसैगरी भीमेश्वर नगरपालिकामा १७०, विगु गाउँपालिकामा १६७, मेलुङ गाउँपालिकामा १६५, तामाकोसी गाउँपालिकामा १४९, कालीञ्चोक गाउँपालिकामा १४८, जिरी नगरपालिकामा १४४ र बैतेश्वर गाउँपालिकामा १५० जनाले  उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बैतेश्वर गाउँपालिकामा गठबन्धनको छुट्टाछुट्टै उम्मेदवार

बैतेश्वर गाउँपालिकामा सत्तारुढ दलबीचको गठबन्धनमा सहमति हुन नसक्दा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट अध्यक्षमा छवि लामा र उपाध्यक्षमा कल्पना उप्रेती तथा अध्यक्षमा माओवादी केन्द्रबाट लक्ष्मण खड्का र उपाध्यक्षमा एकीकृत समाजवादीबाट कल्याण दाहालले मनोनयन दर्ता गराएका छन्।

प्रकाशित मिति: १९:३९ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्