Kathmandu Press

ज्वालामुखी–२ को वडाध्यक्षमा ५ जनाको उम्मेदवारी, अर्जुन शाहीलाई एमालेको समर्थन 

 काठमाडौं, वैशाख १३ ः आसन्न स्थानीय तहको निर्वाचनका लागि धादिङको ज्वालामुखी गाउँपालिका–२ को वडाध्यक्षमा ५ जनाले उम्मेदवारी दिएका छन्।स्थानीय तहमा सक्रिय चार राजनीतिक...
ज्वालामुखी–२ को वडाध्यक्षमा ५ जनाको उम्मेदवारी, अर्जुन शाहीलाई एमालेको समर्थन 

काठमाडौं, वैशाख १३ : आसन्न स्थानीय तहको निर्वाचनका लागि धादिङको ज्वालामुखी गाउँपालिका–२ को वडाध्यक्षमा ५ जनाले उम्मेदवारी दिएका छन्।

स्थानीय तहमा सक्रिय चार राजनीतिक दलबाट सोमबार ५ जनाले वडाध्यक्षका लागि मनोनयन दर्ता गराएका हुन्। यसपटक ज्वालामुखी–२ मा कांग्रेसबाट राजु लोप्पाले टिकट पाएका छन् । यसअघि निर्वाचित वडाध्यक्ष रणबहादुर शाही यसपटक पनि वडाध्यक्ष बन्ने दौडमा थिए तर पार्टीले लोप्पालाई टिकट दिएपछि शाहीले स्वतन्त्रतर्फ मनोनयन दर्ता गराएका छन्। 

वडाध्यक्षका लागि नेकपा एमालेले यसपटक राम बहादुर बस्नेतलाई टिकट दिएको छ।  वडा कमिटीले एमाले वडा ईन्चार्ज धु्रवकुमार श्रेष्ठलाई उम्मेदवार बनाउनुपर्ने माग राखेका थिए। तर, वडा कमिटीका अध्यक्ष रहेका बस्नेतले पनि दाबी नछाडेपछि विवाद जिल्लासम्म पुगेको थियो। सोमबार जिल्ला कमिटीले बस्नेतलाई टिकट दिने निर्णय गरेपछि ज्वालामुखी–२ मा एमाले दुई पक्षमा विभाजन भएको छ। 

Hardik ivf

No photo description available.

बस्नेत यसअघिको निर्वाचनमा माओवादीका उम्मेदवार थिए। उनी कांग्रेस उम्मेदवार रणबहादुर शाहीसँग पराजित भएका थिए। नेकपा विघटन भई एमाले र माओवादी छुट्टाछुट्टै राजनीतिक दल बनेपछि बस्नेत एमालेमा लागेका थिए। वडाका कार्यकर्ताको मनोभावना विपरित जिल्ला कमिटीले ठाडो हस्तक्षेप गरी बस्नेतलाई टिकट दिएको भन्दै एमाले २ नम्बर वडा कमिटीले बस्नेत विरुद्ध लाग्ने निर्णय गरेको छ। 

एमाले र कांग्रेस विभाजित बन्दा शाहीलाई फाइदा

नेकपा माओवादी केन्द्रबाट २ नम्बर वडामा उम्मेदवारी दिएका अर्जुन शाही भने यसपटक सहज स्थितिमा छन्। यसअघिको निर्वाचनमा पनि वडाध्यक्षको दाबी गरेका तर पार्टीले राम बहादुर बस्नेतलाई टिकट दिएपछि उनी असन्तुष्ट थिए । यसपटक वडामा कांग्रेस र एमाले दुबै विभाजित भएका कारण त्यसको सोझो फाइदा उनलाई पुग्ने देखिएको छ। 

एमालेका असन्तुष्ट पक्षले माओवादीसँग कार्यगत एकता गर्ने निर्णय गरेपछि शाही वडामा बलियो अवस्थामा देखिएका छन्। शाहीलाई वडाध्यक्षमा समर्थन गर्दै एमालेको असन्तुष्ट पक्षबाट ४ जना सदस्य पाउने गरी माओवादी केन्द्रसँग कार्यगत एकता गरिएको एमाले वडा कमिटी सचिव निराजन श्रेष्ठले जानकारी दिएका छन्। एमालेबाट वडा कमिटी उपाध्यक्ष मार्कु तामाङ, सचिव निराजन श्रेष्ठ, ममिता सार्की र कौशिला विश्वकर्मालाई सदस्य दिने गरी माओवादी केन्द्रसँग कार्यगत एकता गरेको हो।

एमालेकाे असन्तुष्ट पक्षकाे निर्णय

वडाध्यक्षका लागि यसपटक एकीकृत समावादीबाट पनि उम्मेदवारी परेको छ। उक्त पार्टीका तर्फबाट काफलपानीका गौतम कार्कीले उम्मेदवारी दिएका छन्। 
 

प्रकाशित मिति: १२:०५ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्