Kathmandu Press

राजकुमार बने धादिङको नीलकण्ठ–४ मा वडा अध्यक्ष उम्मेदवार 

काठमाडौं, वैशाख १२ : धादिङको नीलकण्ठ नगरपालिका वडा नं–४ मा राजकुमार राना मगरले उम्मेदवारी दिएका छन् । धादिङको वडा नं–४ का युवा नेता समेत...
राजकुमार बने धादिङको नीलकण्ठ–४ मा वडा अध्यक्ष उम्मेदवार 

काठमाडौं, वैशाख १२ : धादिङको नीलकण्ठ नगरपालिका वडा नं–४ मा राजकुमार राना मगरले उम्मेदवारी दिएका छन् । 

धादिङको वडा नं–४ का युवा नेता समेत रहेका राना नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका हुन् । 

Hardik ivf

धादिङकै नीलकण्ठ उच्च मा.वि.बाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका रानाले काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पसमा समेत नेबिसंघमा आवद्व भएर लामो सयम विद्यार्थी राजनीति गरे र इकाईको उपसभापति समेत बनेका थिए । 

यसअघि सोही वडामा कांग्रेसको सभापति समेत भईसकेका ३० बर्षीय राना हाल कांग्रेसको तर्फबाट धादिङ क्षेत्र नं २ (क) को सचिव समेत हुन् ।

राजनीति बाहेक उनी वडाबासीको दुःख र सुखको सारथी समेत बन्दै आएका छन् । 

यस वडामा गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले बिजयी हासिल गरेकोले यसपटक पनि वडामा लोकप्रिय रहेका रानाले बिजयी हासिल गर्ने वडाबासीको भनाई रहेको छ । 
 

प्रकाशित मिति: १९:५६ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्