मध्यपुरथिमिको आगलागीमा करोडौंको क्षति
भक्तपुर, वैशाख १२ : मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गएराति भएको आगलागीमा करोडौंको क्षति भएको छ।स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा आगलागी भएको हो। मध्यराति...
भक्तपुर, वैशाख १२ : मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गएराति भएको आगलागीमा करोडौंको क्षति भएको छ।
स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा आगलागी भएको हो। मध्यराति शुरु भएको आगलागी जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिइएको हो। गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरी सामानलगायतका सामान जलेर नष्ट भएको उनले बताए।
प्रारम्भिक अनुसन्धनमा करिब ६ करोड बराबरको क्षति भएको छ। क्षति भएका सामानको विवरण र क्षतिको यथार्थ विवरण भने दिउँसो मात्रै आउने उनले बताए।
प्रकाशित मिति: ०८:५४ बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












