मनाङमा गठबन्धनका दुई दलबीच भागबण्डा टुङ्गियो
मनाङ, बैशाख ११ : सत्ता गठबन्धनमा रहेका दुई दलले हिमालपारिको जिल्ला मनाङका स्थानीय तहमा भागबण्डा टुङ्ग्याएका छन्। नेपाली कांग्रेस मनाङको बैठकले दुई दल...
मनाङ, बैशाख ११ : सत्ता गठबन्धनमा रहेका दुई दलले हिमालपारिको जिल्ला मनाङका स्थानीय तहमा भागबण्डा टुङ्ग्याएका छन्। नेपाली कांग्रेस मनाङको बैठकले दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र बीच भागबण्डा गरेको हो।
दुई दलबीच भएको सहमतिअनुसार जिल्लाका चार पालिकामा नेपाली कांग्रेसले प्रमुख र तीन पालिकामा उपप्रमुख पद पाएको छ। यस्तै माओवादी केन्द्रले नासोँ गाउँपालिकामा उपाध्यक्ष पद पाएको छ। नार्पाभूमि गाउँपालिकामा भने कांंग्रेसबाट नै टुङ्ग्याउने सहमति भएको छ।
प्रकाशित मिति: १९:४३ बजे, आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












