Kathmandu Press

बन्दुकधारीको आक्रमणमा परी तीन नाइजेरियाली प्रहरीको मृत्यु

अबुजा, वैशाख ११ : मध्य नाइजेरियाको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा शनिबार बिहान तीन प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।मध्य...
बन्दुकधारीको आक्रमणमा परी तीन नाइजेरियाली प्रहरीको मृत्यु

अबुजा, वैशाख ११ : मध्य नाइजेरियाको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा शनिबार बिहान तीन प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मध्य राज्य कोगीको अदावी स्थानीय सरकार क्षेत्रमा भएको आक्रमणलाई नियन्त्रणमा ल्याउने प्रयास गर्दा प्रहरी अधिकारीहरू मारिएको राज्यका प्रहरी प्रमुख एडवर्ड एग्बुकाले एक विज्ञप्तिमा उल्लेख गरेका छन्।

सुरक्षा सुविधामा छिर्ने प्रयास गर्दै छिटपुट गोली हानेका बन्दुकधारीहरूले 'ड्युटीमा रहेका प्रहरीहरूलाई चकित पार्ने गरी आक्रमण गरेको' उनले  बताएका छन्।

प्रकाशित मिति: १२:३७ बजे, आइतबार, वैशाख ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्