Kathmandu Press

नाइजेरियाकाे तेल प्रशोधन केन्द्रमा विस्फोट, १०० भन्दा बढीको मृत्यु

नाइजेरियाकाे तेल प्रशोधन केन्द्रमा विस्फोट, १०० भन्दा बढीको मृत्यु

अबुजा, वैशाख ११ : नाइजेरियाको दक्षिण प्रान्तमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा १०० जना भन्दा बढीको ज्यान गएको यहाँका अधिकारीहरुले जनाएका छन्।

नाइजेरियाका अधिकारीहरुका अनुसार सो तेल प्रशोधन केन्द्र विधिवत रुपमा दर्ता नै नभई अवैध रुपमा सञ्चालन भइ आएको पाइएको बताइएको छ।
 
इमो प्रान्तका प्रहरी प्रमुखले सो प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति विस्फोटन भएको थियो। त्यस क्रममा काममा रहेका १०० जना भन्दा बढी कर्मचारीको ज्यान गएको छ।

उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात आगलागी भएको र लगत्तै विस्फोट भएको थियो। त्यसमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन्। 

उक्त केन्द्र प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताइएको छ। अवैध रुपमा सञ्चालन गरिएको सो तेल प्रशोधन केन्द्रमा आवश्यक सुरक्षा मापदण्ड पनि नअपनाइएकाले यो दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। 

प्रकाशित मिति: १२:३१ बजे, आइतबार, वैशाख ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्