Kathmandu Press

‘छ माया छपक्कै’ले कमायो पाँच करोड

काठमाडौं, असोज २९ : दीपक राजगिरी र दीपाश्री निरौलाको ‘छ माया छपक्कै’ले पाँच करोड कमाएको छ।

रोहित अधिकारीको निर्माणमा दीपेन्द्र ल....

‘छ माया छपक्कै’ले कमायो पाँच करोड

काठमाडौं, असोज २९ : दीपक राजगिरी र दीपाश्री निरौलाको ‘छ माया छपक्कै’ले पाँच करोड कमाएको छ।

रोहित अधिकारीको निर्माणमा दीपेन्द्र लामाले निर्देशन गरेको ‘छ माया छपक्कै’ले पहिलो दिनै बम्पर ओपनिङ गरेको थियो।

यो फिल्मले पहिलो साता नबित्दै पाँच करोड कमाएको निर्माण टिमले जनाएको छ। यो फिल्म दुई करोडमा निर्माण गरिएको थियो।

‘छ माया छपक्कै’ले सोचेभन्दा राम्रो कमाइ गरेको दीपकले बताए। ‘छक्का पञ्जाजस्तो मनोरञ्जन दिने छैन तर, पनि यसमा गरिएको सामाजिक र राजनीतिक मिश्रणलाई दर्शकले मन पराएका छन्,’ दीपकले भने। काठमाडौंसँग बाहिर पनि फिल्म राम्रो कलेक्सन गरिरहेको उनले बताए।

यस अघिका उनका ‘छक्का पञ्जा’ सिरिजका फिल्मले पनि राम्रो ब्यापार गरेका थिए। उनको ‘छक्का पञ्जा–३’ १९ करोडको कारोबार गरेको थियो।

 

प्रकाशित मिति: १४:३९ बजे, बुधबार, असोज २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्