Kathmandu Press

कोरोनाका कारण भारतमा थप २५ सय सङ्क्रमित, ३३ को मृत्यु

नयाँ दिल्ली, वैशाख १० : कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरूले शनिबार दिएको...
कोरोनाका कारण भारतमा थप २५ सय सङ्क्रमित, ३३ को मृत्यु

नयाँ दिल्ली, वैशाख १० : कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ। 

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन। 

Hardik ivf

संघीय स्वास्थ्य मन्त्रालयले दैनिक सङ्क्रमित र मृतकहरूको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गइरहेको जनाएको छ। 

यसअघि शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४५१ जना सङ्क्रमित भएको देखिएको थियो । मृतकको सङ्ख्या शनिबार भन्दा बढी ५४ रहेको थियो। 

पछिल्लो एक दिनमा एक हजार ६५६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या भने घट्दै गएको छ। 

मन्त्रालयका अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १५ हजार ७९ रहेको छ। 

प्रकाशित मिति: १६:२१ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्