Kathmandu Press

उत्तर र दक्षिण कोरियाका प्रमुख नेताद्वारा पत्र आदानप्रदान

उत्तर र दक्षिण कोरियाका प्रमुख नेताद्वारा पत्र आदानप्रदान

साेल, वैशाख ९ : प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनसँग व्यक्तिगत पत्र आदानप्रदान गरेको  आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले शुक्रबार जनाएको छ।

रिपोर्टमा भनिएको छ, नेता किमले बुधबार मुनबाट व्यक्तिगत पत्र प्राप्त गरेपछि बिहीबार आफ्नो जवाफी पत्र पठाएका छन् र दुई नेताहरूले पत्रहरूमा शुभकामना आदानप्रदान गरेको बताइएको छ।

केसीएनएका अनुसार मुनले आफ्नो पत्रमा उत्तर–दक्षिण संयुक्त घोषणालाई आफ्नो अवकाशपछि पनि पुनर्मिलनको आधार बनाउन आफू इच्छुक रहेको बताएका छन्।

आफ्नो जवाफमा, किमले आफ्नो कार्यकालको अन्तिम दिनसम्म राष्ट्रको सो महान कार्यका लागि मुनले गरेको पीडा र प्रयासको प्रशंसा गर्दै यदि दुबै देशले चाहेको र अपेक्षा गरे अनुसार अन्तर कोरियाली सम्बन्ध सुधार र विकास हुनेछ भन्ने आशय व्यक्त गरेका छन्।

दुवै देशहरूले आशाका साथ अथक प्रयास  गरिरहेका छन्। दुई नेताहरू बीचको व्यक्तिगत पत्रको आदानप्रदान 'उनीहरूको गहिरो विश्वासको अभिव्यक्ति हो' रिपोर्टमा थपिएको छ।

द्विपक्षीय सम्बन्ध सुधार गर्न किम र मुनले २०१८ मा तीन पटक भेटवार्ता गरेका थिए। त्यस वर्ष सेप्टेम्बर १९ मा दुई नेताहरूले प्योङयाङमा एक सम्झौतामा हस्ताक्षर गरेका थिए जसमा सैन्य सम्झौता, नागरिक आदानप्रदान र थुप्रै क्षेत्रमा सहयोगको लागि आह्वान गरिएको थियो।

प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, वैशाख ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्