Kathmandu Press

भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

नयाँ दिल्ली, वैशाख ९ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जानुहुने भएको बताइएको छ।सो क्षेत्रमा गएको...
भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा
Hardik ivf

नयाँ दिल्ली, वैशाख ९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जाने भएको बताइएको छ।

सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही गर्ने गरी कडा सुरक्षा कानुन जारी गरेको थियो। त्यसयता सो क्षेत्रमा भारतका अधिकारीहरु उपस्थित भएका छैनन्।
 
तर प्रधानमन्त्री मोदी भने आइतबार सो क्षेत्रमा जाने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारत अधिनस्थ सो क्षेत्रमा भारत सरकारले निगरानी राख्ने गरेको छ।मोदी सरकार हिन्दू अतिवादीहरुको बाहुल्यताको समर्थनको सरकार रहेकाले पनि जम्मु काश्मिर क्षेत्रमा बहुसंख्यक मुस्लिम समुदायको बसोबास रहने गरेकाले पनि ती क्षेत्रहरुमा भारत सरकारले सन् २०१९ देखि प्रतिबन्ध लगाएको छ।
 
सन् २०१९ देखि ती क्षेत्रमा सरकारले इन्टरनेट बन्द गर्नेदेखि लिएर नागरिकहरुलाई सार्वजनिक स्थलमा हुने जमघटहरुमा पनि निगरानी राख्नेगरी कडा कानुनी प्रतिबन्धहरु लगाइएको छ।काश्मिरका पाली भन्ने स्थानमा आइतबार भारतीय जनता पार्टीको कार्यक्रम आयोजना गरिएको छ र त्यहाँ प्रधानमन्त्री मोदी सहभागी हुने भएकाले त्यहाँ कडा सुरक्षा व्यवस्था गरिएको बताइएको छ।
 
उक्त क्षेत्रमा आतंकवादी समूह या भूमिगत समूहहरुबाट हुनसक्ने सम्भावित आक्रमणलाई लिएर ठूलो संख्यामा प्रहरीको पनि व्यवस्था गरिएको बताइएको छ। 

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्