कलङ्की-नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने
काठमाडौं, असोज २९ : कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड एकतर्फी संचालन हुने भएको छ।
यो सडकखण्ड मर्मत भइरहेकाले एकतर्फी संचा....

काठमाडौं, असोज २९ : कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड एकतर्फी संचालन हुने भएको छ।
यो सडकखण्ड मर्मत भइरहेकाले एकतर्फी संचालन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखाले आज एक विज्ञप्ति जारी गरी सडक विभागद्वारा सडक मर्मत कार्य गर्ने भएकाले सडक एकतर्फी मात्र सञ्चालन हुने जनाएको छ।
यस सडक आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मर्मत कार्य सम्पन्न हुँदै छ। महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सडक मर्मत कार्य भइरहेकाले लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूर्ण चालकलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: ११:५३ बजे, बुधबार, असोज २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












