हेलिकप्टर मार्फत धनगढी र खप्तड घुमाईदै
धनगढी, माघ २२ : धनगढीमा तेह्रौं संस्करणको सुदुरपश्चिम महोत्सव संचालन गरिरहेको कैलाली उद्योग वाणिज्य संघले हेलिकप्टर मार्फत इच्छुक दर्शकलाई धनगढी बजार ....

धनगढी, माघ २२ : धनगढीमा तेह्रौं संस्करणको सुदुरपश्चिम महोत्सव संचालन गरिरहेको कैलाली उद्योग वाणिज्य संघले हेलिकप्टर मार्फत इच्छुक दर्शकलाई धनगढी बजार परिक्रमा गराउने भएको छ।
कैलाली उद्योग वाणिज्य संघले अहिले धनगढीको पुरानो एयरपोर्टमा हेली प्याड मर्मत गरीरहेको र लगत्तै प्याकेज सुचारु हुने बताएको छ ।
मंगलबार धनगढीमा परिक्षण उडान सुरु गर्दै उद्योग वाणिज्य संघ कैलालीले सुदूरपश्चिम महोत्सवका अवसरमा माउन्टेन एयर हेलिकप्टर मार्फत धनगढी बजार घुमाउने प्याकेज ल्याएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए। 
मंगलबार अबेर परिक्षण उडान सुरु गरेपनि ६/६ जना यात्रुलाई ३ राउन्ड उडान गरिएको उपाध्यक्ष ओझाले बताए।१० मिनेट धनगढी बजार परिक्रमा गराइरहेको र एक यात्रु बराबर ४ हजार रुपैयाँ शुल्क लिइरहेको ओझा बताउँछन् । महोत्सवमा ५ दिन धनगढी भ्रमण गराइने र लगत्तै कैलाली उद्योग वाणिज्य संघले ३० हजारको प्याकेज बनाएर इच्छुक पर्यटकलाई खप्तड घुमाइने पनि ओझाले बताए ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)