Kathmandu Press

चीनमा एकै दिन २ हजार १ सय १९ जनामा कोरोना सङ्क्रमण

चीनमा एकै दिन २ हजार १ सय १९ जनामा कोरोना सङ्क्रमण

बेइजिङ, वैशाख ९ : चिनियाँ मुख्य भूमिमा बिहीबार २ हजार ११९ जनालाई स्थानीय रूपमा कोभिड–१९ सङ्क्रमण फैलिएको पुष्टि भएको छ। जसमध्ये एक हजार ,९३१ जना सांघाईका वासिन्दा रहेका राष्ट्रिय स्वास्थ्य आयोगको शुक्रबार जनाएको छ।    

सांघाई बाहेक, मुख्य भूमिका अन्य ४५ प्रान्तीय–स्तर क्षेत्रहरूले नयाँ  कोरोनाका स्थानीय मामिलाहरू देखा परेको समाचारमा जनाइएको छ।

जसमध्ये उत्तरपूर्वी प्रान्त जिलिनमा ६८ र बेइजिङमा एक जना भएको बताइएको छ। बिहीबार २ हजार ७३० जना कोरोना सङ्क्रमित निको भएका छन्। यसैबीच देशभरका अस्पतालमा ३० हजार ८१३ जना उपचार गराइरहेका बताइएको छ।

कोरोना सङ्क्रमणको कारण बिहीबार एघार जनाको मृत्यु भएको थियो। यी सबै सांघाई शहरका पनि समाचारमा जनाइएको छ।

चीनमा सन् २१९ को अक्टोबरबाट हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना सङ्क्रमणको को कारण चार हजार ६७४ जनाको मृत्यु भइसकेको जनाइएको छ। 

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, वैशाख ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्