Kathmandu Press

दक्षिण अफ्रिकामा बाढीबाट मृत्यु हुनेको संख्या ४३५ पुग्यो 

दक्षिण अफ्रिका, वैशाख ९ : दक्षिण अफ्रिकाको क्वाजुलु–नाताल बाढीबाट मर्नेको संख्या ४४८ पुगेको सार्वजनिक भएपनि ४३५  रहेको जनाइएको छ।  प्रहरी मन्त्री भेकी सेलेले बिहीबार...
दक्षिण अफ्रिकामा बाढीबाट मृत्यु हुनेको संख्या ४३५ पुग्यो 

दक्षिण अफ्रिका, वैशाख ९ : दक्षिण अफ्रिकाको क्वाजुलु–नाताल बाढीबाट मर्नेको संख्या ४४८ पुगेको सार्वजनिक भएपनि ४३५  रहेको जनाइएको छ।  प्रहरी मन्त्री भेकी सेलेले बिहीबार बाढीको बारेमा मिडियालाई जानकारी दिँदै  उक्त कुरा बताएका हुन् ।

 शवको पोस्टमार्टमको नतिजा  सार्वजनिक गर्दै उनले गोलीका चोटहरू फेला परेका कारण मृत्युहरू हत्यासँग सम्बन्धित भएको पुष्टि भएको पनि बताएका  छन्। विपद्सँग सम्बन्धित नभएको प्राकृतिक कारणले धेरै मानिसको मृत्यु भएको निश्चित थियो। आज बिहानसम्म मृत्यु हुनेको अन्तिम संख्या ४३५ रहेको छ,’ सेलेले भने।

उनले आपत्कालीन राहत, शान्ति सुरक्षा र अवसरवादी अपराध रोक्न ३ हजार प्रहरी अधिकारी र ९ सय क्वाजुलु–नाताल प्रान्त मेट्रो प्रहरी खटाएको जानकारी दिएका छन्। सेनाले चिकित्सक, नर्स, मनोवैज्ञानिक, सामाजिक कार्यकर्ता र फार्मासिस्टसहित १० हजारलाई त्यस क्षेत्रमा खटाएको बताएका छन्। 

प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, वैशाख ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्