Kathmandu Press

अफगान मस्जिद विस्फोट आफूले गराएको इस्लामिक स्टेट समूहको दावी

अफगान मस्जिद विस्फोट आफूले गराएको इस्लामिक स्टेट समूहको दावी

काबुल, बैशाख ८ : उत्तरी अफगानिस्तानको मजार–आई–सरिफमा बिहीबार भएको एक शिया मस्जिदमा आफूले विस्फोट गराएका अफगानिस्तानको इस्लामिक स्टेट समूहले दावी गरेको छ।

उक्त समूहले आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको बताएको छ। यद्यपि अफगानिस्तानको सरकारी अधिकारीहरूले घटनामा पाँचको मृत्यु भएको र अन्य ६५ जना घाइते भएको बताएको छ।

उक्त समूहले भनेको छ, 'कालिफ सिपाहीहरूले मस्जिदभित्र विस्फोटक पदार्थले भरिएको एउटा झोला राखी यसलाई केही टाढाबाट बिस्फोट गराएका छन्। विस्फोटका समय मस्जीदमा उपासकहरूको भीड रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन्।'

प्रकाशित मिति: १९:२० बजे, बिहीबार, वैशाख ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्