अफगानिस्तानको मस्जीदमा विस्फोट : पाँचको मृत्यु, ६५ घाइते
काबुल, बैशाख ८ : अफगानिस्तानको एउटा मस्जीदमा गरिएको विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ।घटनामा पररु अरु ६५ जना घाइते भएको सरकारी...
काबुल, बैशाख ८ : अफगानिस्तानको एउटा मस्जीदमा गरिएको विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
घटनामा पररु अरु ६५ जना घाइते भएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।
अफगानिस्तानको राजधानी बग्दाददेखि उत्तर तर्फ पर्ने बाल्ख प्रान्तमा पर्ने मजार आइ शरिफ सहरमा रहेको मस्जीदमा विस्फोटन गराइएको हो।
अहिले प्रारम्भिक विवरणहरू मात्रै सार्वजनिक भएकाले मृतक र घाइतेहरुको सङ्ख्यामा तलमाथि पर्न सक्ने अधिकारीहरूले जनाएका छन्।
प्रहरीले औपचारिक जानकारी भने दिएको छैन। घटनास्थलमा उद्धार तथा खोजीसँगै विवरण संकलनको काम पनि भइरहेकाले अहिले नै आधिकारीक र औपचारिक विवरण उपलब्ध गराउन नसकिएको प्रहरी अधिकारीहरुको भनाइ छ।
प्रकाशित मिति: १८:४६ बजे, बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












