Kathmandu Press

तिहारमा २५ लाख  फूलको माग, २ लाख भारतबाट आयात गर्ने 

काठमाडौं, असोज २८ : आगामी तिहारका लागि २५ लाख फूलको माग  हुने भएको छ। 

फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान)ले मंगलबार पत्रकार सम्मे....

तिहारमा २५ लाख  फूलको माग, २ लाख भारतबाट आयात गर्ने 

काठमाडौं, असोज २८ : आगामी तिहारका लागि २५ लाख फूलको माग  हुने भएको छ। 

फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान)ले मंगलबार पत्रकार सम्मेलन गरी २५ लाख फूलको माग रहेको जनाएको छ । तिहारका लागि घरेली फुल अपुग हुने भएपछि झण्डै साढे २ लाख फूल भारतबाट आयात गरिने पनि फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ।

तिहारका अधिकांश भने सयपत्रि फूलको माग हुनेछ । २५ लाख फुल मध्य १८ लाख सयपत्री फुलको माग रहेको एसोसिएसनले जनाएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार उपत्यकामा खपत हुने ८० प्रतिशत सयपत्री काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर लगायतका जिल्लामा उत्पादन हुन्छ। धादिङ, मकवानपुरको हेटौंडा र मनोहरीमा सबैभन्दा बढी व्यवशायिक रुपमा सयपत्री खेती गरिर्दै आएको छ।

गत आर्थिक बर्षमा झन्डैै २ अर्ब ४२ करोड रुपैयाँको फूलको कारोबार भएको थियो । यस वर्षको तिहारमा मालाको मूल्य अघिल्लो बर्षभन्दा बढ्ने भएको छ ।

फ्लोरिकल्चर एसोसिएसनका अनुसार  मालाको गुणस्तर हेरी मूल्य निर्धारण हुने छ । 

१३ औं गोदावरी पुष्पमेला हुदैं

फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान)को आयोजनामा  १३  औं गोदावरी पुष्पमेला आयोजना हुने भएको छ । ‘रोपेर फूल गोदावारी सजाऔं घर वरिपरि’ भन्ने नाराका साथ मेला आयोजना हुन लागेको हो ।  मेला कात्तिक १ गते देखि ४  गते सम्म  ललितपुरको  जावलाखेलमा आयोजना हुने भएको  छ । मेलामा ४९ स्टलहरु रहेको एसोसिएसनले जानकारी दिएको छ । 


 

प्रकाशित मिति: १७:५० बजे, मंगलबार, असोज २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्