Kathmandu Press

जापानी रक्षामन्त्रीले मेको सुरुमा अमेरिका भ्रमण गर्ने

टाेकियाे, वैशाख ८ : जापानी रक्षामन्त्री नोबुओ किशीले मे महिनाको  शुरुमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने योजना बनाएको, क्योडो समाचार एजेन्सीले स्रोतलाई उद्धृत...
जापानी रक्षामन्त्रीले मेको सुरुमा अमेरिका भ्रमण गर्ने

टाेकियाे, वैशाख ८ : जापानी रक्षामन्त्री नोबुओ किशीले अमेरिकाको भ्रमण गर्ने भएका छन्।

आगामी मे महिनाको  शुरुमा अमेरिकाको भ्रमण गर्ने योजना बनाएको क्योडो समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै  उल्लेख गरेको छ।

किशीले युक्रेन र उत्तर कोरियाको स्थितिमा सहयोगका बारेमा छलफल गर्न अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग भेट्ने अपेक्षा गरिएको छ।

भ्रमणको ठ्याक्कै मिति भने हालसम्म निश्चित भइसकेको छैन।

प्रकाशित मिति: १६:४४ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्