Kathmandu Press

नाइजेरियामा भएकाे सडक दुर्घटनामा २० को ज्यान गयो

लागोस, वैशाख ७ : नाइजेरियामा मंगलबार भएको सडक दुर्घटनामा परेर कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ। नाइजेरियाको उत्तर पश्चिमी राज्य बाउचीमा सडकमा...
नाइजेरियामा भएकाे सडक दुर्घटनामा २० को ज्यान गयो
Hardik ivf

लागोस, वैशाख ७ : नाइजेरियामा मंगलबार भएको सडक दुर्घटनामा परेर कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ। नाइजेरियाको उत्तर पश्चिमी राज्य बाउचीमा सडकमा गुडिरहेका बस एक आपसमा ठोक्किन पुग्दा यो दुर्घटना भएको थियो।

सो दुर्घटनामा परेर २० जनाको ज्यान गएको र अरु केही घाइते भएका सो राज्यका प्रहरी प्रवक्ताले जानकारी दिएका छन्। प्रहरीका अनुसार ती दुवै सवारी साधनको गति उच्च भएका कारण दुर्घटना भएको थियो। उक्त क्षेत्रको सडकको अवस्था तथा सवारी साधनका चालकहरुले प्रायः उच्च गतिमा सवारी गुडाउने भएकाले यसअघि पनि बारम्बार दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ।

नाइजेरियामा सडकको दुराबस्था, असुरक्षित ड्राइभिङका कारणले नै यहाँ प्रायः सडक दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ। 

प्रकाशित मिति: १८:१५ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्