Kathmandu Press

पोल्यान्डमा कोइला खानी दुर्घटना : दुईको मृत्यु, आठ बेपत्ता

पोल्यान्डमा कोइला खानी दुर्घटना : दुईको मृत्यु, आठ बेपत्ता

वार्सा, वैशाख ७ : दक्षिणी पोल्यान्डको एक कोइला खानीमा बुधबार दुईवटा शंकास्पद ग्यास विस्फोटनमा परी दुईजनाको मृत्यु हुनुका साथै अन्य आठ जना बेपत्ता भएका खानीको इन्चार्ज कम्पनीले जनाएको छ। 

यस विस्फोटमा परी २१ जना घाइते भएका छन्। त्यहाँ कार्यरत अन्य आठ जनासँग सम्पर्क हुन नसकेको खानी कम्पनीका प्रमुख टोमास कुड्नीले एएफपी समाचार समितिलाई बताएका छन्।

प्रकाशित मिति: १८:११ बजे, बुधबार, वैशाख ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्