Kathmandu Press

पाकिस्तानमा आगलागी : नौ बालबालिकाको मृत्यु, २० घाइते

पाकिस्तानमा आगलागी : नौ बालबालिकाको मृत्यु, २० घाइते

इस्लामाबाद, वैशाख ७ : पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ। मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्। 

आगलागीबाट ५० घरमा क्षति भएको छ। घाइते भएकाहरुलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। ती मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन्। घरको भान्साबाट हुरिका कारण फैलिएको आगोले गाउँ नै डढाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।

मृत्यु भएका सबै बालबालिका रहेका छन्। स्थानीय समयानुसार मङ्गलबार राती ९ बजे आगलागी सुरु भएको थियो।

प्रकाशित मिति: १८:०८ बजे, बुधबार, वैशाख ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्