Kathmandu Press

अष्ट्रेलियाका दुई राज्यमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज

सिड्नी, वैशाख ७ : अष्ट्रेलियाका अत्यधिक धेरै जनसङ्ख्या भएका दुई सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाइएको छ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार न्यु साउद वेल्स र भिक्टोरिया...
अष्ट्रेलियाका दुई राज्यमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज

सिड्नी, वैशाख ७ : अष्ट्रेलियाका अत्यधिक धेरै जनसङ्ख्या भएका दुई सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाइएको छ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार न्यु साउद वेल्स र भिक्टोरिया सहरमा सरकारले क्वारेन्टाइनसम्बन्धी नियम हटाएको हो।

योसँगै अब चाँडै अन्य कडा प्रतिबन्धात्मक व्यवस्था पनि हट्ने अपेक्षा गरिएको छ। ती राज्यहरुमा यसअघि कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु कम्तीमा सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो।  

यो नियमका कारण धेरै काम तथा व्यापार व्यवसायमा असर परेकाले समस्या भएको आवाज उठेपछि सरकारले हटाउने निर्णय गरेको हो। 

सङ्क्रमित भए पनि कुनै स्वास्थ्यमा समस्या नभएकाहरु पनि सात दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियमले कतिपय कार्यालयमा कर्मचारी व्यवस्थापनमा सबैभन्दा ठूलो समस्या भएको अधिकारीहरुले जनाएका छन्। 

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्