Kathmandu Press

युक्रेनमा आक्रमण रोक्न राष्ट्रसंघका महासचिवको आग्रह

युक्रेनमा आक्रमण रोक्न राष्ट्रसंघका महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, वैशाख ७ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गरेका छन्।

उनले क्रिश्चियनको बिदाका समयमा आक्रमणको कार्य नगर्न आग्रह गर्दै सो समयमा मानवीय सहायता वितरणका लागि वातावरण मिलाउन दिन आग्रह गरेका हुन्।

Hardik ivf

यही बिहीबारदेखि इस्टर सुरु हुने र आइतबारसम्म रहने भएकाले सो समयमा आक्रमणका काम नगर्न र सबैलाई मानवीय सहायताका लागि बाटो बनाउन संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले आग्रह गरेका हुन्।

युक्रेनमा रुसले आक्रमण गरेको महिना दिनभन्दा बढी भए पनि अहिले पनि कतिपय स्थानमा रुसको हमला जारी नै रहेको पाइएको छ।

त्यसैले यो पर्वका अवसरमा युद्धविराम गरी अप्ठेरोमा परेका नागरिकलाई सहायता वितरणका काममा लाग्न वातावरण निर्माण गर्न उनले आग्रह गरेका हुन्।

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्