Kathmandu Press

मलेसियामा ६ हजारभन्दा बढीमा काेराेना संक्रमण, १२ को मृत्यु

क्वालालम्पुर, वैशाख ७ : मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ।यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको...
मलेसियामा ६ हजारभन्दा बढीमा काेराेना संक्रमण, १२ को मृत्यु

क्वालालम्पुर, वैशाख ७ : मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ।

यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ। यहाँका अधिकारीहरूले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुने गरेको पनि बताएका छन्। उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र यहाँ ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ।

यहाँ अहिलेसम्ममा ४४ लाख भन्दा बढी संक्रमित भएका छन् भने ३५हजार जना भन्दा बढीको कोभिडका कारण ज्यान गएको छ।

यहाँ कोभिड संक्रमण बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डहरुको पालनामा पनि कडाइ गरेका बताइएको छ। 

प्रकाशित मिति: १३:४० बजे, बुधबार, वैशाख ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्