Kathmandu Press

श्रीलंकामा कर्फ्यु आदेश जारी

श्रीलंकामा कर्फ्यु आदेश जारी

कोलम्बो, वैशाख ७ : श्रीलंकाको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यु लगाइएको छ।

सरकार विरोधी आन्दोलनका क्रममा मंगलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कर्फ्यु लगाइएको हो।आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कर्फ्यु लागाउनु परेको जनाएको छ।

Hardik ivf

घटनाका बारेमा निश्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरुले प्रतिबद्धता जनाएका छन्।

आर्थिक संकटका कारण मुलुकमा अभाव र मूल्य वृद्धि भएकाले त्यसलाई न्यूनीकरण गर्न माग गर्दै आम नागरिकले आन्दोलन गर्दै आएका छन्। आन्दोलनकारीहरुले समस्या समाधानका लागि राष्ट्रपति गोटावाय राजापाक्षले पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन्।

मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनु, महङ्गी बढ्नु र बस्तु तथा सेवाहरुको अभाव हुनुमा राष्ट्रपति नै दोषी रहेको उनीहरुको दाबी छ। आर्थिक अभावका कारण कतिपय अत्यवश्यक सेवा तथा बस्तु समेत अभाव हुन थालेको स्थानीय बासिन्दाले बताएका छन्। 

सरकारी अधिकारीहरुले नै कतिपय औषधी, अत्यावश्यक अन्य विभिन्न सामानहरुको अभाव भएको जनाएका छन् छ भने दैनिक लामो समय विद्युत कटौती समेत भएको छ।

आर्थिक सङ्कटका कारण आन्दोलन सुरु भएपछि राजनीतिक संकटसमेत उत्पन्न भएको छ। राजधानी काठमाडौदेखि ९५ किलोमिटर टाढा पर्ने रामबुक्कानामा भएको आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुको झडपका क्रममा २९ जना घाइते भएका छन्।

प्रकाशित मिति: १३:३२ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्