Kathmandu Press

काबुल विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघ्यो

काबुल विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघ्यो

काबुल, वैशाख ६ : पश्चिमी काबुलमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघेको छ।

१-टिभी न्युज प्रसारकले स्रोतलाई उद्धृत गर्दै मङ्गलबार जनाएअनुसार राजधानीको दश्त-ए-बर्ची जिल्लाको अब्दुल रहिम सहिद हाई स्कुलमा भएको विस्फोटमा ६ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ।

सहरको सुरक्षा विभागले पछि विद्यालयको मैदानमा तीनवटा विस्फोट भएको बताएको थियो। त्यसअघि काबुलको पश्चिमी भागमा रहेको मुमताज विद्यालयको क्षेत्रमा अर्को विस्फोट भएको थियो।

विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।

प्रकाशित मिति: १७:४७ बजे, मंगलबार, वैशाख ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्