Kathmandu Press

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

इस्लामावाद, वैशाख ६ : पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ। मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ। पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक...
पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

इस्लामावाद, वैशाख ६ : पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ। मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ। पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराउनु भएको हो। 

पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन्। 

Hardik ivf

राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो। प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित हुनुभएको थियो।

पाकिस्तानमा तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँले राजीनामा दिनुभएको थियो। 

त्यसपछि विपक्षी गठवन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदबार बन्नुभएका शरिफ संसदबाट प्रधानमन्त्रीमा निर्वाचित हुुनुभएको थियो। उहाँलाई गठवन्धनका अन्य दलहरुको पनि समर्थन रहेको थियो। 

प्रकाशित मिति: १४:४९ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्