काबुलमा विस्फोट : छको मृत्यु, केही घाइते
काबुल, बैशाख ६ : अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन्। घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत...
काबुल, बैशाख ६ : अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन्। घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्। काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो।
त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो। त्यो पनि विद्यालय नजिकै भएको थियो। दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्।
प्रकाशित मिति: १३:४२ बजे, मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












