युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह
एजेन्सी, ६ वैशाखः संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह...
एजेन्सी, ६ वैशाखः संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गरेका हुन्।
युक्रेनमा रुसले आक्रमण गरेपछि भएको क्षतिको आंकलन भइरहेको तथा आक्रमणमा घाइते भएका मानिसहरुको उद्धार भइरहेको युक्रेनले जनाएको छ।
युक्रेनमा अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यताअनुसारको मानवीय सहायता उपलब्ध गराउन उनले आग्रह गरेका हुन्।
उनले विश्व समुदायलाई आवश्यक सहायता उपलब्ध गराउन र युक्रेनका नागरिकलाई आवश्यक परेको सहायता वितरणको काममा कुनै अवरोध नगर्न पनि आग्रह गरेका छन्।
युक्रेनका कतिपय सहरहरुमा नागरिक अप्ठेरोमा परेर बाँचिरहेकाले उनीहरुको सहायताका लागि महासचिव गुटेर्रेसले आग्रह गरेका हुन्।
प्रकाशित मिति: १३:२१ बजे, मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












