Kathmandu Press

चीनमा पुनः बढ्न थाले कोरोना भाइरसका संक्रमित

बेइजिङ, बैशाख ६ : चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ। पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको...
चीनमा पुनः बढ्न थाले कोरोना भाइरसका संक्रमित

बेइजिङ, बैशाख ६ : चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ। पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन्।

चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र ३ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

Hardik ivf

सोमबारको तथ्यांक अनुसार यहाँ ३ हजार २९७ जना कोरोना संक्रमित देखिएका हुन्। ती मध्ये सबैभन्दा धेरै सांघाइ सहरमा पाइएको बताइएको छ। चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएका मध्येका ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ। यहाँ पछिल्लो समयमा सांघाइमा कोरोनाको संक्रमण बढेको छ।

त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ। सो कमिसनका अनुसार चीनभित्रै संक्रमित भएका व्यक्ति भेटिएका हुन्। यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन्। यी सहरहरुमध्ये सबैभन्दा बढी अहिले सांघाइमा भेटिएका छन्।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ।

प्रकाशित मिति: १२:१७ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्